न्याय परिषद् सदस्यमा निरालाको नाम अनुमोदन

लोकप्रिय

काठमाडौं- संसदीय सुनुवाइ समितिले न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालालाई अनुमोदन गरेको छ।

आइतबार बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

आज उनीमाथि परेका उजुरीको सुनुवाइ गर्ने तय गरिएको थियो। तर, उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ।

उनीविरुद्ध उजुरीका लागि समितिले १० दिनको म्याद दिएको थियो।

मन्त्रिपरिषद् बैठकले पुस ३ गते निरालालाई परिषद् सदस्यका लागि सिफारिश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?