काठमाडौं- नेपाली काग्रेस संस्थापनइतर समुहको जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला सुरु भएको हो ।
भेलामा ४२ जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । भेलामा संस्थापन समुहले पछिल्ला समय गरेको एकलौटी निर्णयका बारेमा छलफल छलफल भइरहेको नेताहरुले बताएका छन् ।
भेलामा पार्टीमा भइरहेको पछिल्लो अवस्थाबारे नेतृत्वले जानकारी गराउने र अब कसरी अगाडि बढ्ने भनेर सुझाव लिइने नेता नविन्द्रराज जोसीले जानकारी दिए ।
११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।
पौडेल सिटौला समुहको बहिस्कारका विच सभापति देउवाले बहुमतका आधारमा आगामी फागुनमा १४ औ महाधिवेशनको गर्ते, विभागको सख्या थप गर्ने तथा तरुण दलको कार्यकाल ६ महिना थप गर्ने लगाएतका निर्णय गरेका थिए ।
सभापतिले पस्ताव पेश गर्दा देखिनै बहिस्कार गर्दै आएको संस्थापन इतर समुह पछिल्लो समय सभापति देउवालाई निर्णय सच्चाउन दवाव दिदै आएको छ ।