काठमाडौं- सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
ढुंगाना धितोपत्र बोर्डमा विज्ञ सदस्यका रुपमा सञ्चालक समितिको सदस्य थिए ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए ।