अमेरिकामा नेपाल भ्रमण वर्ष प्रबर्द्धन तयारी तीब्र, बन्यो समिति

लोकप्रिय

टेक्सस– अमेरिकाको जोर्जिया स्थित नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका (नासा)ले पहिलो पटक भ्रमण वर्ष– २०२० को प्रचारात्मक अभियान थालेको थियो ।

अमेरिकामा पनि नेपाल भ्रमण वर्षको प्रचारप्रसार गदै बढी भन्दा बढी पर्यटकलाई नेपाल जाने निम्तो दिने अभियान सहित नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले प्रचारप्रसार समितिहरु गठन गरी नेपाल भ्रमण वर्ष–२०२० लाई व्यापकता दिन अगाडि बढेको छ । पर्यटनदूत तथा नासाका प्रथम निर्वाचित अध्यक्ष राजा घलेको संयोजकत्वमा नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन समिति बनाइएको छ ।

समितिमा आलाबामा बाट सलाम सिंह लामा, डा तिलक श्रेष्ठ र काजी गुरुङ, क्यालिफोर्नियाबाट मनी पनेरु, दिनेश भट्टराई र उत्तम कार्की, क्लोराडोबाट ज्ञानेन्द्र गदाल, सुरेश चन्द्र प्रधान र मनोजकाजी तुलाधर, फ्लोरिडाबाट कृष्ण श्रेष्ठ, विकाश देवकोटा तथा डा निरज श्रेष्ठ र जोर्जियाबाट राम पराजुली, सिके पराजुली, राजु थापा, प्रणय लामा, अम्बिका शर्मा, बाबुराम शर्मा, सन्तोष यादव, श्री वाग्ले, अमिरी नेपाल, संजय शाह र प्रेम बानिया रहेका छन् ।

इन्डियानाबाट अरुण राजभण्डारी, अनुप थापा,आई ओवाबाट देवी बास्तोला तथा अबन बराल, मेरिल्यान्ड तथा भर्जिनिया क्षेत्रबाट सिता पाण्डे, अन्दु थिङ, खेम भट्टचन र अनु वन्त,मासाचुसेट्स ,बोस्टन बाट सुरेश वाग्ले, शिव के राई, सौरभ एस दाहाल, न्युयोर्कबाट केशवराम राई, निग्मा पाख्रिन, विष्णु राना मगर तथा सुमन बुढामगर, नर्थ क्यारोलिनाबाट रेवीराज अधिकारी, बाबुराम दवाडी, सुनी प्रधान, कुमारी लामा र बाबु सुवेदी तथा टेक्सस राज्यबाट मञ्जु सापकोटा र देवी डेभिड आर्चालाई सदस्यमा चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?