काठमाडौं– लो प्रोफाइलमा रहेर काम गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले एक महिनामै देखिने प्रगति गरेका छन् ।
मन्त्री भएलगत्तै काठमाडौंको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न नेम्वाङ हरदिन फिल्डमै देखिएका छन् । अहिले काठमाडौंका धेरै सडकमा स्तरीय कालोपत्रे भएको छ । उनी आफैँ कालोपत्रे चेक गरिरहेका छन् ।
विकास र जलस्रोतमा विज्ञ रहेका नेम्वाङको कामको जनस्तरबाटै प्रशंसा भएको छ । पूर्वसचिव रामेश्वर खनालले नेम्वाङको कामको प्रशंसा गरेका छन् । उनले पूर्वमन्त्री रघुवीर महासेठप्रति संकेत गर्दै भनेका छन्– भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै सरकारले सुरुवाती २० महिना खेर फालेछ,’ उनको भनाइ छ ।
मन्त्री नेम्वाङले मन्त्रालयभित्र अड्डा जमाएर बसेका केही उच्च अधिकारीलाई गरेको कारबाहीकोसमेत प्रशंसा भएको छ ।