पत्रपत्रिका

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...
Spread the love

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

काठमाडौं एक्सप्रेसhttp://jackm13.sg-host.com/
काठमाडौं एक्सप्रेस डट कम सन् २०१७ अक्टोबर २५ देखि सञ्चालित समाचार पोर्टल हो ।
Spread the love

सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ । हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।

डडेल्धुराको अमरगढी–६ भालुमारे, अमजमेरु गाउँपालिका–१ अनारखोलीबजार, गन्यापधुरा–१ को साहुँखर्क, आलिताल–१ को हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

बुधबार राति हिमपात शुरु हुनुभन्दा पहिले नै यातायात साधन सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटल बास भएको स्थानमै रोकिए पनि केही सवारी साधन हिउँमा फसेका छन् । अवरुद्ध सडक खुलाउन डोजरको प्रयोग गरिएको भए पनि हिमपात जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । बिहान २ बजेदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ । उता बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ ।-रासस

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर- महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय...

थप समाचार शीर्षक

  •  
  •  
  •