काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले अब कर नबढ्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुने बताए ।
स्थानीय निकायले कर उठाएको विषयमा टिप्प्णी गर्दै उनले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने भन्दै उनले स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनुपर्ने बताए ।