इटहरी– ६ तले स्मार्ट पार्किङ निर्माणको तयारी भइरहँदा इटहरीमा अत्याधुनिक स्मार्ट शौचालय निर्माण सुरु भएको छ ।
इटहरी उपमहानगर कार्यालयको गेट पूर्वपट्टि स्मार्ट शौचालय निर्माण सुरु भएको उपमहानगरका इञ्जिनियर जिवन घिमिरेले जानकारी दिए । शौचालय आर्थिक बर्षमा शौचालय निर्माण सम्पन्न हुने छ । ८० लाखको लागतमा शौचालय निर्माण हुने उनले जानकारी दिए ।
वडानम्वर ६ का वडाध्यक्ष दिपक गौतमका अनुसार शौचालय अत्याधुनिक स्मार्ट र बायो प्रविधिको हुने छ । त्यहाँबाट ऊर्जा समेत निकाल्ने सकिने उनले बताए । शौचालयमा सेन्सर प्रविधि जडान गरिने छ ।
इटहरी चौक आसपास यो चौथो सार्वजनिक शौचालय हो । इटहरी बसपार्कमा दुई वटा सार्वजनिक शौचालय छन् । हटियामा अर्को सार्वजनिक शौचालय छ ।