सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ

लोकप्रिय

काठमाडौं– राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिनुभएको थियो भने आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिए । बिहीबार नै उनीहरुले आफ्नो कार्यभार सम्हाल्नुभएको आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिए ।

उनीहरुको पदावधि पाँच वर्षको हुन्छ ।

कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित थिए ।

यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि बुधबार सकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?