एनसेलका टावरमा फेरि गराइयो आगजनी

लोकप्रिय

काठमाडौं- काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी गराइएको छ । दक्षिणकाली नगरपालिकाको छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी गराइएको हो ।

आगजनीबाट टावरमा क्षति पुग्दा सेवा नै प्रभावित भएको छ । आगजनीको जिम्मा कसैले नलिएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको आशंका गरिएको छ ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले यसअघि पनि एनसेलका विभिन्न स्थानका टावरमा आगजनी गराएको थियो ।

गत वर्ष फागुनमा सोही समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जना मारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?