आदिवासी जनजाति महासंघ भन्छ- शिवमायालाई किन सभामुख नबनाउने ?

लोकप्रिय

न्यूयोर्क- आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउनुपर्नेमा जोड दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षका नाममा ध्यानाकर्षण पत्र पठाउँदै फिप्नाले उपसभामुखविरुद्ध भएको चलखेलप्रति गम्भीर असहमति प्रकट गरेको छ । विज्ञप्तीमा भनिएको छ, वर्तमान संविधानमा व्यवस्था भए अनुसार कुनै एक पार्टीको सभामुख भए उपसभामुख अर्को पार्टीको हुनुपर्ने र सोही अनुसार लिंगानुपात पनि मिलाई सभामुख र उपसभामुखमा एकमा महिला भए अर्कोमा पुरूष हुनुपर्ने संबैधानिक व्यवस्था छ । प्रतिनिधि सभा को सभामुख पद रिक्त हुदा कतिपय जनताको सरोकारका विषय हरू निर्णय हुन सकेको छैन ।

महासंघले तत्काल प्रतिनिधि सभाको सभामुखको निर्वाचन गराई जनताको प्रत्यक्ष अप्रत्यक्ष सरोकारका विषयहरूमा ध्यान दिदै संसदलाई व्यवस्थित र विना राजनीतिक हस्तक्षेप सञ्चालनको लागि दलका नेताहरूलाई अनुरोध गरेको छ ।

वर्तमान उपसभामुख नेपाली महिला आन्दोलन मात्र होईन नेपाली विद्यार्थी आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन मा सदैव अग्रणीस्थानमा उभिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी एक ईमान्दार, सक्षम , योग्य र जुझारू नेतृ भएको फिप्नाको विज्ञप्तीमा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?