काठमाडौं- प्रिमियरसिप प्रतिद्धन्दी वुल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै म्यान्चेष्टर युनाईटेड एफएकप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
गएराती भएको तेस्रो चरणको रि–प्ले खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन स्पेनिस खेलाडी हुँवा माटाले निर्णायक गोल गरे ।
युनाईटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसंग प्रतिस्पर्धा गर्नेछ ।
तेस्रो चरणकै अर्को खेलमा कार्लीस्ले युनाईटेडलाई ४–३ ले पराजित गर्दै कार्डीफ सिटी पनि एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।