काठमाडौं- बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदालतले अनुमति दिएको छ । भक्तपुर जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई आनुमति दिएको हो।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईलाई पक्राउ गर्न अनुमति मागेको थियो ।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । प्रसाईं भने फरार छन् ।