काठमाडौँ — बेल्जियमकी राजकुमारी एस्ट्रिड एक हप्ते भ्रमणका लागि नेपाल आउने भएकी छन् । उनी आइतबार नेपाल ओर्लने भएकी छिन् । माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन् ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछिन्। उनले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उनी कैलाली, नवलपरासी र चितवन भ्रमण गर्ने कार्यतालिका छ ।