काठमाडौं– गैरआवासीय नेपाली संघको पहलमा ४ सय ५० जना कोरियाली पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् ।
एनआरएनए कोरियाको संयोजनमा आएका कोरियाली पर्यटकहरुले लुम्बिनी तथा आसपासको भ्रमण गरेका छन् । कोरियाली पर्यटक टोलीलाई सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले स्वागत गरेको थियो ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लगानी, ब्यापार तथा नेपाल प्रबर्द्धन समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले पत्र लेख्दै कोरियाली पर्यटकको स्वागतका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए ।