विराटनगर- प्रदेश सहयोग कार्यक्रमअन्तर्गत् सन्चालन हुने परियोजनाका लागि प्रदेश नम्बर–१ सरकार र स्वीट्जरल्यान्ड सरकारबीच सम्झौता भएको छ ।
प्रदेश–१ सरकारले आफ्नो विकास परियोजनामा खर्च गर्नसक्ने गरी पहिलोपटक यो सम्झौता भएको हो ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजाबेथ भन क्याप्लरले आ–आफ्नो सरकारको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रदेश–१ मा खर्च गर्नेगरी स्वीट्जरल्यान्ड सरकारको एक अर्ब रुपैयाँ अनुदान र प्रदेश–१ सरकारको २० करोड रुपैयाँ गरी प्रस्तावित कार्यक्रमको बजेट कुल एक अर्ब २० करोड रुपैयाँको हुनेछ ।
हस्ताक्षर कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले प्रादेशिक तहमा पहिलो वैदेशिक सहयोग प्राप्त भएको जानकारी दिए ।