गठबन्धनका उम्मेदवारलाई मतदान गर्न राजपाको ‘ह्वीप’

लोकप्रिय

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ह्वीप (निर्देशन) जारी गरेको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गरी यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ‘ह्वीप’ जारी गरेका हुन्। सो पार्टीले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसङ्ख्यकमा शेखरकुमार सिंह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ।

प्रदेश नं २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता रहेका छन्। राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी तालमेल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?