समितिको प्रतिवेदन : नेपाली कामदारलाई प्राथमिकता नदेको, सामाजिक सुरक्षा कोष लागु नगरेको

लोकप्रिय

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा औद्योगिक क्षेत्रको अनुगमन प्रतिवेदन बुझाएको छ ।

समितिका सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उद्योगहरुमा नेपाली कामदारलाई प्राथमिकता नदिएको, सामाजिक सुरक्षा कोष लागु नगरेको पाइएको उल्लेख छ ।

यस्तै अधिकांश उद्योगहरु वातावरणमैत्री नरहेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले उद्योगहरुमा नेपाली कामदारलाई प्राथमिकता दिदै उनीहरुको प्रोत्साहान हुने गरि आवश्यक कार्य अघि बढाउनुपर्ने सुझाव दिएको छ ।

गत मंसिर १५ गते गठन गरेको कार्यदलले बीरगञ्जलगायतका विभिन्न स्थानमा रहेको उद्योगहरुको अनुगमन र व्यवस्थापनसंग छलफल गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?