‘गृहयुद्धका क्रममा बेपत्ता भएकाहरु सबै मृतक’

लोकप्रिय

एजेन्सी- श्रीलंका राष्ट्रपति गोतावाया राजापाक्षेले गृहयुद्धका क्रममा बेपत्ता भएका हजारौं मानिसको मृत्यु भएको बताएका छन् ।

राष्ट्रपति राजापाक्षेले मुलुकको दुई दशक भन्दा लामो गृहयुद्धमा २० हजार भन्दा बढी बेपत्ता भएकाहरुको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका हुन् ।

राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसंगको भेटमा उनले यस्तो बताएका हुन् । राष्ट्रपतिको कार्यालयले बेपत्ताहरुको मृत्यु प्रमाणपत्र जारी गरिने भन्दै उनीहरु मध्ये धेरैलाई तमिल टाइगर्संले जबरजस्ती आफ्नो संगठनमा भर्ती गरेको जनाएको छ ।

राजापाक्षेको सरकारले बेपत्ता भएकाहरुको सम्बन्धमा सरकारको कुनै भूमिका नरहेको जिकिर गर्दै आएको छ । बेपत्ता व्यक्तिका परिवारहरुले उनीहरुको अवस्थाबारे जानकारी दिन माग गर्दै प्रदर्शनहरु गर्दै आएका छन् ।

श्रीलंकाली सेनाले सन् २००९ को मे महिनमा २६ वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको तमिल विद्रोहीलाई पराजित गरेको थियो । गृहयुद्धका क्रममा करिब १ लाखको मृत्यु भएको र २० हजार बेपत्ता भएको अनुमान छ ।

जसमा धेरैजसो तमिल समुदायका छन् । वर्तमान राष्ट्रपति राजापाक्षे तमिल टाइगरविरुद्धको युद्धको महत्वपूर्ण समयमा रक्षामन्त्री थिए ।

श्रीलंकाली सरकारले गृहयुद्धको समयमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न राष्ट्रसंघ र मानवअधिकारवादी समुहहरुले गरेको आग्रह अस्वीकार गर्दै आएको छ ।

यो विषय आन्तरिक भन्दै आन्तरिक रुपमै छानबीन गर्ने उसको अडान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?