उखु किसानलाई भुक्तानी गर्न दिएको समय आज सकिदैं : तोकिएको मितिमा सबै रकम उपलब्ध गराउन सक्दैनौं – उद्योगी

लोकप्रिय

सर्लाही- सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानहरुले पूरै भुक्तानी नपाउने भएका छन् ।

चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् । पुसको पहिलो सातादेखि उखु किसानहरुले बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध आन्दोलन थालेका थिए ।

यसपछि पुष १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीवापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराउने गरी उखु किसानँंग पाँच बुँदे सहमति गरेको थियो ।

तर मन्त्रालयले हिजोसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

अब इन्दिरा र अन्नपूर्ण सुगर मिलले २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले किसानको आन्दोलनपछि केही उद्योगीहरुले तालिका बनाएर बक्यौता रकम तिरिरहेको बताए ।

अन्नपूर्ण र इन्दिरा मिलले २१ करोडभन्दा बढी र श्रीराम मिलले २६ करोड वक्यौता तिर्न बांकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?