माग्ने बुढाले चिट काट्ने ट्राफिक प्रहरीलाई जब अंकमाल गरे..

लोकप्रिय

काठमाडौं- महिला प्रहरी रमिता र गायिका आस्था राउतको प्रकरणले मिडिया तातेको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका ट्राफिक प्रहरी जवान सन्तोष चौधरी कलाकार भनेपछि केही सशंकित थिए ।

बुधबार दिउँसो आफूलाई कार्यालयमा हास्यब्यंग्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ भेट्न आउँदा उनी शंसकित भए ।

आफ्नै हाकिमको कोठामा चर्चित कलाकारले बोलाउँदा उनी डराउनु स्वभाविकै हो । किनकी सोमबार विहान मात्र सन्ताषले केदार घिमिरेको कारको ब्लु बुक लिएर चिट काटेका थिए ।

केदार घिमिरेले अब के भन्छन भन्ने एक किसिमको बेचैनमा सन्तोष थिए । उनलाई एक्कासी यी कलाकारले जब अंकमाल गरे । त्यतिबेला सन्तोष छक्क परे ।

घिमिरेले चिट काटेकोमा धन्यवाद भाइ भन्दै सन्तोषको कामको प्रशंसा उनकै हाकिमका अगाडी गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?