Thursday, April 22, 2021

निम्तो बाँडिन्, बिहे हुन पाएन

धेरै पढिएको

काठमाडौं- पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् ।

रमिताले साथीहरुलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो ।

बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ बर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन् ।

टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय (बाहुन क्षत्री) सम्बन्ध भएकाले माइती पक्षले स्विकार गरेको थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो ।

माघ १३ मा विवाहको तयारी थियो, “हामीहरु सरसामान जुटाउनदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं, रमिताका ससुरा हरिसिंह टेरले फोनमा भो, खबर सुनेपछि भताभुगं भयो, कामधाम सबै छाडेर हामी महेन्द्रनगर आउँदै छौं ।”

उनी छोरा प्रकाश र परिवारका अन्य सदस्यसहित महेन्द्रनगर आइरहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?