मध्यपूर्वको शान्तिका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने

लोकप्रिय

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको शान्ति प्रक्रियाका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्तिका लागि नयाँ योजना ल्याउन लागेको बताएका हुन् ।

प्रधानमन्त्री नेतान्याहूले आगामी हप्ता अमेरिकाको भ्रमण गर्ने बताइएको छ । इजरायल र प्यालेस्टाइनहरुबीच लामो समयदेखि जारी द्वन्द्व अन्त्य गरेर शान्ति स्थापना गर्न आफूले नयाँ योजना सार्वजनिक गर्न लागेको ट्रम्पको भनाइ छ ।

प्यालेस्टाइनका राष्ट्रपति महम्मुद अब्बासका प्रवक्ता बबिल अबु रुदीनेहले इजरायले र अमेरिकाले गर्ने सम्झौता आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?