१८ सय सवारी साधन कारवाहीमा, २० लाख राजस्व उठ्यो

लोकप्रिय

अर्घाखाँची- जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले छ महिनाको अवधीमा २० लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधीमा ट्राफिक नियम उलंघन गर्ने १ हजार ८ सय ३२ सवारीलाई कार्वाही गरी राजस्व संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ५ हजार ९ सय ४७ सवारी कारवाहीमा ३६ लाख ८४ हजार ५ सय राजस्व संकलन भएको अर्घाखाँचीका ट्राफिक प्रहरी प्रमुख खिमानन्द काफ्लेले जानकारी दिए ।

अघिल्लो वर्षको तथ्याड्ड भन्दा यो वर्ष राजस्व संकलन बढी हुने बताइएको छ ।

यो वर्ष ट्राफिक नियम कडाईका साथ लागू गरेपछि क्षमताभन्दा बढी यात्रु बोक्ने तथा छतमा यात्रु राख्ने कार्यमा कमी आएको र नियम विपरीत कार्य गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?