बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने रहर !

लोकप्रिय

सुर्खेत- बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ ।

प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न राजनीतिक दल, नागरिक समाजलगायतको क्रियाशीलता बढेको हो ।

५ नम्बर प्रदेशमा रहेको बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउनु पर्ने आवाज चर्को रुपमा उठेको छ । विगतदेखि नै बाँके र बर्दियासँग कर्णालीको गहिरो साइनो छ ।

कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, हुम्ला लगायतका स्थानीयको घरजग्गासमेत बाँके र बर्दियामा रहेको छ । बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिदा कर्णाली प्रदेशको भुगोल हिमालदेखि तराइसम्म पुग्ने सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल बताउँछन् ।

बाँके र बर्दियाका जनतालाई पनि कर्णालीमा मिसिँदा फाइदा हुने कतिपयको तर्क छ । संघीयता लागु भएपछि बाँके र बर्दियालाई झनै पछाडि पार्ने काम भएको स्थानीयको भनाइ छ ।

कर्णालीमा गाभिने बर्दिया र बाँकेका स्थानीयको मागले आफू खुसी भएको कर्णाली प्रदेशका प्रवक्ता समेत रहनु भएकी भूमि, सहकारी तथा कृषि मन्त्री विमला केसीको भनाइ छ ।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कानुनी रूपले त्यति सहज भने देखिँदैन । तर राजनीतिक सहमति भए असम्भव नभएको कानुनका जानकार बताउँछन ।

यसका लागि स्थानीय, प्रदेश र संघीय संसद्ले स्वीकृति दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?