काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।
०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त प्याकुरेलले शुक्रबार राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
मानवअधिकार आयोगका पूर्वआयुक्तसमेत रहेका प्याकुरेलले सर्वोच्चताका लागि लड्नका आफ्नो राजीनामा भएको उल्लेख गरेका छन् । “संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरस: कार्यान्वयनका लागि शासकीय मामिलासम्वद्ध औपचारिक परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत,” भएको भन्दै उनले राजीनामा दिएका हुन् ।