आज सभामुख निर्वाचन, अग्नि सापकोटा निर्विरोध हुने पक्का

लोकप्रिय

काठमाडौं- संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुंदैछ ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ ।

सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।

सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उहाँ निर्विरोध हनेछन् ।

तर अर्को उम्मेद्वारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया भने पुरा गर्नुपर्नेछ ।

सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?