टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, १४ सय बढी घाईते

लोकप्रिय

एजेन्सी- टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । १४ सय भन्दा बढी घाइते भएका छन् ।

केहीको अबस्था गम्भीर रहेको छ । भग्नावशेषमा पुरिएका ४३ जनाको उद्धार गरिएको छ । २० जनाको उद्धारको प्रयास भैरहेको अधिकारीहरुले अझै च्यापिएको अबस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।

एलाजिग प्रान्तको सिभ्रिस शहरलाई केन्द्रविन्दु बनाएर हिजो ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको छ । उद्धार र राहतका कामहरु भैरहेको छ ।

भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको थियो । भूकम्पपछि ४ सय भन्दा बढी पराकम्प गएको बताइएको छ ।

भूकम्प गइरहने क्षेत्रमा पर्ने टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?