विदेशबाट रेमिट्यान्स पठाउन नै बार्षिक ३८ अर्ब कमिसन

लोकप्रिय

काठमाडौं- विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले ३८ अर्ब रुपैंयाँसम्म खर्चिने गरेका छन् ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात २२ हजार ८ सय रुपैंयाँ पठाउँदा औसतमा नेपाली कामदारले ४.३ प्रतिशत कमिसन दिनुपर्छ ।

त्यस्तै ५ सय अमेरिकी डलर अर्थात ५७ हजारसम्म पठाउँदा विदेशमा रहेका नेपालीले २ दशमलव ९ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् ।

राष्ट्र बैंकले विश्व बैंको प्रतिवेदनलाई आधार मानेर यस्तो प्रतिवेदन बनाएको हो ।

यस आधारमा हेर्दा गत आर्थिक बर्षमा ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्स पठाउँदा बैदेशिक मुलुकमा काम गरिरहेका नेपालीले ३७ अर्ब ८० करोड रुपैंयाँसम्म कमिसनवापत खर्च गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?