अमेरिकी सेनाको विमान दुर्घटना : आफुले खसालेको तालिवानको दाबी

लोकप्रिय

एजेन्सी- अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकी सेनाको रहेको पुष्टि भएको छ ।

अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको र शत्रुले विमान खसालेको भन्ने कुनै संकेत नदेखिएको जनाएको छ ।

तालिवानको बलियो पकड रहेको घान्जी प्रान्तको देह याक जिल्लामा विमान दुर्घटना भएको हो ।

तालिवानले अमेरिकी सेनाले गुप्तचरीका लागि प्रयोग गरेको विमान दुर्घटना भएको तस्वीर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तालिवानले विमान खसालेको भन्ने दाबीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ विमानमा कति जना सवार थिए भन्ने स्पष्ट खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?