काठमाडौं- संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बस्न लागेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ ।
बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको छ ।
संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
नियमित कारवाही अघि बढेपछि लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् ।
विधेयक अधिवेशनको रुपमा लिइने यो हिउंदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विवादित बनेका केही विधेयकहरु पारित गराउने रणनीतिमा छ ।