काठमाडौँ— गायिका आस्था राउतलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गायिका राउतलाई सोमबार अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।