पोल्याण्ड हिंडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक

लोकप्रिय

काठमाडौं- सर्लाही लालबन्दीका २९ बर्षीय लीलाराज थापाको पोल्याण्ड जाने सपना त्यतिबेला तुहियो, जतिबेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने ।

उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैंयाँ बुझाएका थिए ।

तर, उनले पोल्याण्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले बैदेशिक रोजगार विभाग धाइरहेका उनले भने, ‘वर्किङ भिसामा पोल्याण्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैंयाँ बुझाउनु पर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौं । ऋण गरेर उसले मागेजति रकम दियौं । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौं ।’

थापाका अनुसार बन्धक बनेका १७ नेपाली उनीजस्तै पोल्याण्ड नै हिंडेका थिए । यसबापत उनीहरुले पनि दलाललाई सात देखि आठलाख रुपैंयाँ तिरेका थिए ।

तर, उनीहरुले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे ।

पोल्याण्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभ्रे रोसीका ३८ बर्षीय राजकुमार भनिने गुणराज लामा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?