काठमाडौं– काठमाडौंको होटल ग्राण्ड भिलामा बंगलादेशी व्यापारीको हत्या भएको छ ।
सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।
अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।