२२ दिनभित्र पूर्वअधिराजकुमारी प्रेरणा जग्गा खाली गर्नुपर्ने

लोकप्रिय

काठमाडौं- नेपाल ट्रष्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नु पर्ने भएको छ ।

सिंहले आफूले दाइजोवापत सो जग्गा पाएको दावी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीहरु दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घरजग्गा दाइजो नठहर्ने फैसला गरेको थियो ।

नेपाल ट्रष्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवेदन दिएकी थिइन ।

सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रष्ट केही समय हच्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?