काठमाडौं- शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक सन्देश जारी गर्दै शहीदहरुको सपना साकार पार्न मन, बचन र कर्मले समर्पित हुने आँट र हौसला प्राप्त होस् भन्ने कामना गरेकी छन् ।
विगतमा शहीदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदहरुप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेकी छन् ।
यसैगरी शहीद दिवसकै अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् ।