ललितपुर- ‘साउना’ मा निसास्सिएर पूर्वमन्त्री थममाया थापामगरका स्वकीय सचिव दम्पतीको मृत्यु भएको छ ।
ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको साउना (बाथरुम) मा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो । बुधबार राति करिब ९ बजेको समयमा उक्त हेल्थ क्लवको ‘साउना बाथ’ का क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षीय नेत्रकुमारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव थिए ।
पूर्वमन्त्री थापामगरले प्रहरीले फिटनेस सेन्टरको सञ्चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेकी छन् ।