छोरी बलात्कार गर्ने बुबालाई जन्मकैद, नातिनी बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद

लोकप्रिय

अर्घाखाँची- जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।

अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए ।

गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानूनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए ।

त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको उनले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?