सिन्धुलीमा जिप दुर्घटना, एकजनाको मृत्यु

लोकप्रिय

सिन्धुली- सिन्धुलीको बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट सडकखण्डको खनियाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कन्चनपुर नगरपालिकाका सह लेखापाल सुरेन्द्र नारायण चौधरी छन् ।

सोलाभन्ज्याङ र खनियाखर्क बीचको जंगलमा स १ च १००९ नं को स्कारपिओ जिप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

जिप सडकबाट करिव सय मिटर तल सकेको प्रहरीले जनाएको छ । जिपमा दुई जना सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?