पत्रपत्रिका

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।
Spread the love

पहिला बाँचौं न, स्वास्थ्यमन्त्रीसँगको हिसाब किताव पछि गरौंला

Spread the love

कोरोना उपचार सामाग्री लिन जहाज चीनतर्फ उडेलगत्तै एउटा कागजको टुक्रा भाइरल भएको छ । मेडिकल उपकरण र औषधिजन्य वस्तुहरु खरिद गर्दा बढी मूल्यमा सम्झौता गरेर सरकारले घोटाला गरेको भन्दै सामाजिक सञ्जाल र अनलाइन मिडिया रंगिएका छन् । त्यसो त विरोधमात्रै होइन, परिस्थितिअनुसार छिट्टै निर्णय गरेर सामान भित्र्याएकोमा स्वागत पनि उत्तिकै भएको छ ।

ठूला खरिदहरुमा घोटालाको चर्चा अहिलेमात्रै होइन, विगतमा पनि भएका छन् । सिटामोलदेखि जहाज खरिदसम्म घोटाला हुने गरेका छन्, अब त सही मूल्यमा खरिद गरे पनि पक्कै यहाँ गढबडी छ भन्ने आशंका हुने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल स्वभाविकरुपमा बढी दबाबमा छन् । शासकीय अनुभव लामो नभएका ढकाल पार्टीभित्र पनि ठूलो भूमिकामा रहेका होइनन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट परिस्थितिवश स्वास्थ्य मन्त्रालयको जिम्मा लिएलगत्तै कोरोना महामारीको प्रेसरमा उनी परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल

मन्त्रालयका उच्च अधिकारीहरु मन्त्री ढकाल काम छिनाएरै गर्ने तर सुस्तरी शैलिका रहेछन् भनेर टिप्पणी गर्ने गर्थे । केही दिन समय पाउँदा उनकै नेतृत्वमा खरिपाटीमा बनाइएको व्यवस्थित क्वारेन्टाइनको चर्चा त सर्वत्र सकारात्मक नै रह्यो ।

खरिपाटीमा उत्कृष्ट व्यवस्थापन हुँदा उनको मूल्यांकन आमरुपमा भएन नै, तर कर्मभन्दा पनि अभिव्यक्तिले उनीप्रति एउटा जमात खनियो । ’सेल्फ क्वारेन्टाइन‘ र ’होम क्वारेन्टाइन’ त अहिले नर्मल नै भएको छ । यीनै दुई शब्दको ठूलो आलोचना भयो । पछि अनौपचारिकरुपमा पीपीईबारे उनको धारणाप्रति त आगो नै लगाउने प्रयास भयो ।

ढकालले जुन दलको प्रतिनिधित्व गर्दछन्, स्वास्थ्यमा त्यसविरुद्धको दलको गिरोह ठूलो छ । अब कोरोनाले मुलुक तहसनहस हुन्छ, सरकारको तयारी भएन भन्नेजस्ता केही दिनअगाडिका अभिव्यक्ति हेरौं न ।

त्यतिमात्र होइन, त्यही गिरोहका व्यक्तिहरुले पटक–पटक स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् । विश्व आक्रान्त भइरहेकाबेला सरकारले देखाएको तदारुकता र प्रयासले कमसेकम हामी जोगिएका त छौं । स्वभावजन्यरुपमा अनौपचारिक बोलेका दुई चार शब्दलाई लिएर राजीनामा माग्ने कुनै सामान्य नागरिक होइन, जानेबुझेकाहरु र स्वास्थ्य क्षेत्रकै बढी छन् ।

कोरोनाले थलिएका चीन, अमेरिका, इटाली, स्पेन, जर्मनीजस्ता मुलुकमा पनि महामारीलाई सरकारसँग जोड्ने र राजीनामा माग्ने गरेका छैनन् । त्यतिमात्र होइन, यूरोपको कुनै एक मुलुकका प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री फरक दलको बनाएको भन्दै नेपालमा पनि त्यसै गर्नुपर्ने कुतर्कहरु यही बेला सुनिए ।

स्वास्थ्य क्षेत्रमा विपक्षी दलको परम्परागत प्रभावलाई सरकारको असफलतासँग जोड्ने भागिरथ प्रयत्न भइरहेको छ । विपक्षी दलले बुझाएको ज्ञापन–पत्र, बेलानकुबेला सर्वपक्षीय सरकारको प्रस्ताव त्यसकै उपज हुन् ।

अब फेरि फर्कौं, खरिद प्रकरणतिर । कोरोना रोकथाम र व्यवस्थापनका लागि चाहिने अति आवश्यक सामानहरु खरिदका लागि सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्थाअनुसार चैत १२ गते बुधबार मन्त्रालयमा बोलाएरै सप्लायर्सबाट प्रस्ताव मागिएको थियो । त्यसमध्ये विशाल पण्डितको कम्पनी हस्पिटेकबाट महङ्गोमा खरिद गरेको भन्ने आरोप छ ।

मेडिकल सामानको मूल्य कसैले लुकाएर लुक्न सक्दैन । विशेष परिस्थितिमा खरिद गर्दा केही महङ्गो पर्नु स्वभाविक हो, तर केही बढी मूल्य पर्ने भन्दै महामारीमा ढिला गरेकै कारणले एक जनाको पनि ज्यान जानु हुँदैन । तत्कालका लागि जे निर्णय भएको छ सही छ । बरु ती सामानलाई तत् तत् ठाउँमा पुर्‍याएर कोरोना रोकथामका लागि प्रयोग गरिहाल्नु अहिलेको आवश्यकता हो ।

तर, यतिमा मात्रै सबै सकिँदैन । लकडाउनले नेपालीहरु घरको चौघेराभित्र थन्किएको मौकाको फाइदा उठाउँदै चाहे मन्त्री होस्, मन्त्रालयका अधिकारी होस् वा कुनै नेपाली नागरिकले नाजायाज फाइदा लिनु हुँदैन । भोलि दुनियाँसामु देखिने खरिदमा यो महामारीका बेला स्वास्थ्यमन्त्री वा कुनै अधिकारीले मुख मिठ्याउँछन् भन्ने विश्वास गर्न सकिँदैन । यतिमात्रै भन्न सकिन्छ, अहिले नागरिकको ज्यान जोगाउन हरसम्भव प्रयास गर, तर तिमीले गरेका सबै कामको हिसाबकिताव पछि हुन्छ ।

महामारीपछि अडिटिङ प्रक्रिया पनि हुन्छ नै । त्यसबेला गढबढी भएको भए अख्तियारजस्ता निकायले दण्ड त दिने नै छन् । वर्षौंअघिका निर्णयकै कारण पूर्वमन्त्री, पूर्वसचिवहरु धमाधम जेल गएको झल्झल्ती देख्ने अहिलेका मन्त्री र मन्त्रालयका अधिकारीको निर्णयमा अहिले चाँही विश्वास नै गरौं !

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

विपन्न नागरिक भन्छन्ः दशैँ कसरी टार्ने ?

टीकापुर- टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको...

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

काठमाडौँ- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्...

थप समाचार शीर्षक

  •  
  •  
  •