काठमाडौं– बुधबार राति डाक्टरलाई कुटेको घटना सेलाउन नपाउँदै कलंकीमा प्रहरीले औषधि किनेर फर्केकालाई निर्घात कुटपिट गरेको छ ।
प्रत्यक्षदर्शी समेत रहेका पत्रकार जगन्नाथ ढकालले भनेका छन्, ‘म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलंकीमा जे देखेँ त्यो अति नै निकृष्ट थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफत गर्छौं भनी धम्की पनि दिए ।’
नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं, हामी बील देखाउछौं तर प्रहरीले कुरै नसुनी एकाएक लाठी प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा कुटपिट भएको छ ।
हेल्थपाटी डट कमको भिडियो–