ललितपुर– महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिको सुविधावापतको एक महिनाको रकम कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (स्थानीय तह प्रकोप व्यवस्थापन कोष)मा जम्मा गरिने भएको छ ।
नगर कार्यपालिकाको ७१ औं बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा राहतका लागि स्थापना गरेको कोषमा नगरपालिकाका सबै जनप्रतिनिधिको सेवा सुविधा वापतको एक महिनाको रकम जम्मा गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रण तथा राहतका लागि जनप्रतिनिधिको सुविधा वापतको रकमले थप आर्थिक योगदान दिने नगर प्रमुख रामेश्वर श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका स्वास्थ्य बाहेकका सबै कर्मचारीले भने संघीय सरकारको निर्णय बमोजिम राहत कोषमा रकम जम्मा गरिसक्नुभएको छ ।