राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा देवकोटा

लोकप्रिय

राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन हुनुभएको छ ।

कांग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम उहाँलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गर्नुभएको हो । यसअघि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईंको गत फागुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?