फ्रन्टलाइनमा खटिएका चिकित्सकलाई राष्ट्रिय सभा अध्यक्षको साथ

लोकप्रिय

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातै प्रदेशमा कोरोना नियन्त्रणका लागि भइरहेको काम र कामगर्दा आइपरेका समस्याका विषयमा चासो लिनुभएको छ । कोराना भाइरस रोगको संक्रमण बढिरहेका बेला अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुखलाई फोन गरि त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ ।

उहाँले क्वारेन्टाइनको अवस्था,पीसीआर परीक्षण तथा संक्रमितहरुको उपचार,स्वास्थ्यमकर्मी र कोरोना विरुद्धको अभियानमा देखिएका समस्याका सम्बन्धमा स्वास्थ्य निर्देशनालयका प्रमुखसँग जानकारी लिनुभयो । तिमिल्सिनाले संघबाट हुन नसकेका नीतिगत विषयमा तीनै तहका सरकारसंग आफुले पहल गर्ने बचन दिनुभयो ।

उहाँले टेलिफोनमा स्वास्थ्य प्रमुखहरुसंग भन्नुभयो, ‘अग्रपंक्तिमा तपाईंहरु नै खटिरहनुभएको छ अहिले देश संकटमा छ यस घडीमा तपाईहरुले देखाउनुभएको प्रर्दशनको राज्यले उच्च मुल्यांकन गर्नेछ कत्तिपनि बिचलित नभई यस युद्धमा लाग्नुहोला तपाईहरुको समस्याको सम्बोधन गर्न म पहल गर्नेछु ।’

उहाँले आफु सधै स्वास्थ्यकर्मीको साथमा रहेको बताउदै कोरानाको उपचार र रोकथाममा लाग्दा संक्रमित हुन पुगेका सबै स्वास्थ्यकर्मीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

फोन संवादमा स्वास्थ्य प्रमुखहरुले पीसीआर मेशिन कम भएकाले संकलित स्वाबको नतिजा दिन ढिलाई भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँहरुले पीपीईको अभाव हुनुका साथै अनुमान गरिए भन्दा धेरै मानिसलाई क्वारेन्टाइनमा राख्न परेकाले व्यवस्थापनमा कठिनाई भइरहेको गुनासो गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष तिमिल्सिनाले क्वारेन्टाइन व्यवस्थापनका लागि तीनै तहका सरकारसँग समन्वय गरि व्यवस्थापन गर्न तथा मापदण्ड अनुसार घरमा नै क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई घरमा नै बस्न दिन सुझाव दिनुभएको थियो । उहाँले स्वास्थ्य सामग्रीको उपलब्धता र पीसीआर मेशिन थप गरि परीक्षणको क्षमता बढाउन आफुले हरसम्भव पहल गर्ने बताउनुभयो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •