Thursday, April 22, 2021

नेपाली कोरोना औषधि : नेपाली वैज्ञानिकको अपमान

धेरै पढिएको

  • डा. महेन्द्र थापा

संसारलाई आतंकित बनएको कोरोना भाइरस विरुद्धको उपचार संसारले ब्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ । युनाइटेड नेशनले प्रकाशित गरेको तथ्याङ्क अनुसार कोरोनाले बिश्व अर्थतन्त्रलाई ३.२ %ले खुम्चाउने तथा कारीब ८.५ ट्रिलियन डलर घाटा लगाउने छ । यदि यसो भए संसारले विगत चार बर्षमा प्राप्त गरेको आर्थिक उपलब्धी गुमाउने छ । संसारका धेरै देशहरु आर्थिक मन्दीमा धकेलिनेछन् ।

करोडौं मानिसहरुले आर्थिक मन्दीका कारण आय आर्जन को श्रोत गुमाउनेछन् । विश्व बैंकका प्रेसिडेन्ट डेभिड मल्पासका अनुसार संसारभर कारिब ६०० सय लाख मानिसहरु गरीबिको रेखा मुनी धकेलिनेछन । कोरोनाको असर यती बिकराल हुने अनुमान गरिन्छ की संसारले अध्ययन र बिश्लेषणमा कोरोना आघी र कोरोना पछि भनेर मूल्यांकन गर्नेछ ।

विश्वमा भई रहेको ठुलो धन र जनको क्षतिलाई जोगाउन होसा या बैज्ञानिक तथा आर्थिक रुपमा संसारमा आफ्नो प्रभुत्व जमाउन होस् आधुनिक सुविधा सम्पन्न प्रयोगशाला, कोरोना सम्बन्धी नबिनतम ज्ञान्, दक्ष जनाशक्ति तथा पर्याप्त पुँजी भएका संसारका विकसित राष्ट्रहरुमा कोरोनको पहिलो सफल उपचार पत्ता लगाउने होड चलेको छ । दैनिक जसो पत्रपत्रिका तथा अनलाइनहरुमा कोरोना सम्बन्धी बिभिन्न खबरहरु छापिएका हुन्छन ।

पहिले यो भाइरस के हो , कहाँ कहाँ फैलियो, र कसरी फैलन्छ भन्नेमा बढी चसो दिने संसार भरका मानिसहरु हाल आएर यसको उपचार पत्तालाग्यो लागेन मा विशेष चसो राख्न थालेका छन। कोरोनाको औषाधी संसारको कुनै कुनामा पत्ता लागे पनि आनन्द अनुभव गर्नु पर्ने अवस्थामा नेपालमा नै यसको उपचार पत्ता लागेको खबर सुन्न पाउँदा सम्पूर्ण नेपालीले आश्चार्य, अबिश्वास तथा गर्वको आनुभब एकै पटक गर्न पाएका छन ।

वनविज्ञान अध्ययन संस्था, हेटौंडा का प्रध्यापक डा. लालित कुमार दास आजभोलि निकै चर्चामा हुनुहुन्छ । नेपालका धेरै आनलाइन पोर्टल तथा द राइजिङ नेपाल्, माई रिपब्लिका जस्ता राष्ट्रिय दैनिकहरुले डा. दासलाई कोरोनाको औषधिसँग जोडेर समाचार छापेका छन् । समाचार अनुसार उहाँको औषधीमा बिश्व स्वास्थ्य सँगठन ले चासो देखाएको बताइएको छ । यसरी संसारले प्रतिक्षा गरी रहेको औषधि नेपालमा नै बनेको खबरले मलाई पनि धेरै उत्सुक बनायो तसर्थ वस्तबिक्ता के रहेछ जान्ने इच्छा पलायो । उहाँको अन्तर्वाताबाट डा. दसले आफ्नो पीएचडी भारतबाट फाइटो क्यामिस्ट्रीमा गर्नु भएको बुझिन्छ । उहाँको भनाई अनुसार संसारका ठुला प्रयोगशालाहरुले संश्लेषण पद्धति प्रयोग गरी कोरोनाको औषधी बनाउन खोजी रहेको तर आफु भने पूर्वीय चलन बाट प्रभाबित भई बनशपति जन्य पदार्थबाट औषधी बनाउन लागि परेको बताउनुहुन्छ ।

कोरोना भाइरस सम्बन्धी प्राप्त नविनतम ज्ञान तथा फाइटो क्यामिस्ट्री सम्बन्धी आफ्नो असन्धानको आनुभब प्रयोग गरी डा. दासले कारिब ३ महिना लगाएर विभिन्न एन्टिअक्सिडेन्ट तथा अल्कालोइड यौगिकहरुको समिश्रण तयार पार्नु भएको रहेछ । यसरी तयार परिएको समिश्रण मध्ये कुनैले शरिरको रोग प्रतिरोध क्षमता बढाउने तथा कुनैले कोरोना निको पर्ने उहाँको बिश्वास रहेछ । यही बिश्वासलाई सत्य प्रमाणित गर्न यसको परिक्षण गर्नु पर्‍यो भन्ने कुरा अन्तर्वार्तामा उहाँ भनि रहनु भएको देखिन्छ ।

मैले पनि आफ्नो अध्ययनको शिलशिलामा क्यामेस्ट्री बिषय अन्तर्गत मेडिसिनल तथा अर्गानिक क्यनेस्ट्रीमा काम गर्ने मौका पाएको थिए । सन्जोग बस त्यस बखत संसारमा H1N1 को महामरी फैलिएको थियो र मैले पनि यसका लागि उपयोगी हुन सक्ने यौगिकको संश्लेषण गर्न मौका पाए । गुर्‍र्सीटिन पहेलो फलफूलामा पाइने एक प्रकारको एन्टिअक्सिडेन्ट हो । H1N1मा गरेएको प्ररम्भिक आनुशन्धनमा यसको एन्टी भाइरल कृयाकलाप देखिएको ले यसलाई प्रयोग गरी कारीब ३० वटा नयाँ यौगिकहरु तयार पारी एन्टी भाइरल कृयाकलाप आनुशन्धान गरिएको थियो । त्यस्तै ३ देखि ५ वटा एमिनो एसिड प्रयोग गरी हाम्रो समुहले छोटो पेप्टाइड तयार परेर यसको पनि एन्टी भाइरल कृयाकलाप अनुसन्धान गरिएको थियो । यसरी संश्लेषण गरिएका धेरै यौगिकहरुले त काम नै गरेनन तर केहीले भने त्यस बखत बजारमा पाइने औषधी जत्तिकै वा त्यो भन्दा पनि राम्रो कृयाकलाप देखाएको थियो ।

सम्भावनायुक्त एन्टी भाईरल भए पनि घुलनशीलता तथा टक्सिसिटिका हिसाबले त्यती उपयुक्त न पाइएपछी यि यौगिक हरुलाई अर्को चरणको आनुशन्धान म समावेश गरिएन । हाल पनि कोरोना बिरुद्ध एन्टी भाइरल कृयाकलाप देखाउने थुप्रै यौगिकहरु पत्ता लागेका होलान् तर बिभिन्न बैज्ञानिक कारण यसलाई आम जनमनाशमा प्रयोग नगरिएको हुनु पर्दछ । यदि कोरोनाविरुद्ध एन्टी भाइरल कृयाकलाप देखाउने बित्तिकै कुनै पनि यौगिक लाई औषधी मन्ने हो भने हाल सम्म यसका थुप्रै औषधी बनिसकेका हुने थिए ।

डा. दासले यस्तो प्रतिकुल परिस्थितीमा पनि अथक परिश्रम गरी बिभिन्न यौगिकहरुको समिश्रण तयार पार्न घन्टौँ प्रयोगशालामा बिताएर केवल तीन महिनामा कोरोना बिरुद्धको औषधी बनाएको जानकारी पत्रकारहरुलाई दिनु भएको उहाँ आँफै बताउनु हुन्छ । तर यि यौगिकहरु प्रयोग गरी कुनै पनि अनुशन्धान भएको छैन । वास्तवमा डा. दासले तयार पार्नु भएको यौगिकहरु कोरोना बिरुद्ध प्रभावकारी छन् वा छैनन आहिले कुनै पनि अनुशन्धान भएको छैन । उहाँले त केवल खानयोग्य बनस्पति बाट यौगिक मात्र तयार पनर्नुभएको छ । कोरोना बिरुद्धको औषधीको रूपमा यसलाई बिकास गर्न अझ धेरै समय र पुँजी लाग्ने छ ।

डा. दासले अहिले सम्म कोरोना सम्बन्धी कुनै कृति प्रकाशित गर्नु भएको छैन । उहाँले आफुले के कस्ता प्रयोगहरु गरी कोरोनाको औषधी पत्ता लगेको निष्कर्षमा पुग्नु भयो, त्यसका बैज्ञानीक आधारहरु के के हुन बताउनु भएको छैन । होलान उहाँले तयार पर्नु भएको मिश्रण्ले कोरोना बिरुद्ध काम गर्लान तर संसारलाई आफुले औषधी बनाए भनि जानकारी दिनु पूर्व यि मिश्रण प्रयोग गरी प्रनरम्भिक अध्ययन सम्म त गर्नु पर्ने होईन र ? साधारण तया प्रयोगशालामा सम्भावना युक्त यौगिक पत्ता लगाउने देखि यसलाई बिकास गरी बजारमा औषधीको रूपमा ल्याउने प्रकृयालाई ड्रग डिस्क्भरि भनिन्छ । यो आतिनै जटिल्, खर्चालु तथा समय लग्ने प्रकृया हो ।

टफ्ट सेन्टर का अनुसार एउटा यौगिकलाई प्रयोगशालाबाट बजार सम्मा पुर्‍याउन करिब २. ६ बिलियन डलर र ५ देखि ७ बर्षा सम्म लाग्न सक्दछ । धामीले चामलको गेडामा मन्त्र जापी यो खाए रोग निको हुन्छ भनि गरेको बेतुकको गाफ जस्तै पीएचडी गरेका वैज्ञानिकले गर्न मिल्छ ? डा. दासको यस आघिको बैज्ञानीक जीवन हेर्ने हो भने उहाँ बैज्ञानीक आनुशान्धान मा त्यति सकृय देखिनु हुन्न । उहाँले गरेका अनुशन्धान तथा कृतीहरु यस आघी प्रकाशित भएका छैनन ।

यसरी आनुशन्धान मा त्यती सकृय नभएको मनिसले एक्कासी कोरोना जस्तो जटिल रोग को औषधी कसरी बनाउन सक्दछ ? त्योपनि तीन महिनामा । भाइरसको बहिरी खोलमा भएको ग्लाइकोसाइडिक बोन्ड टुक्राएर उहाँले तयार पर्नु भएको औषधीले कोरोना भाइरस मार्ने तर्क उहाँ गर्नु हुन्छ । शरिर बाहिर गरिएका अध्ययनले औषधी को प्रभावकारीता देखाए पनि यही औषधी शरिर भित्र प्रयोग गर्दा निस्कृए पनि देखिन सक्छ । डा. दासले त यस औषधीको शरिर बाहिर नै कुनै प्रयोग र आनुशन्धान गर्नु भएको छैन भने शरिर भित्र यसले काम गर्छ र कोरोना निको हुन्छ भनेर उहाँले कसरी भन्न सक्नु हुन्छ? डा. दासलाई औषधी कसरी बन्छ, यसका प्रकृया हरु के कस्ता हुन्छन्, औषधी बनेको भए यसको लागि कस्तो आनुशनधान गरियो, कहाँ गरियो, कसमा गरियो सबै जानकारी तथा प्रमाणित गराउनु पर्दछ भन्ने ज्ञान छैन र ? उहाँले बिना आधार्, बिना प्रमाण्, बिना परिक्षण कोरोनाको औषधी पत्ता लगाएको दाबी गर्नेले सम्पूर्ण नेपाली बैज्ञानीकहरुको साख गिरेको छ । डा. दासले आफ्नो दाबी प्रमाणित गर्ने गरी कि त यथेस्ठ प्रमाणहरु पेस गर्नु पर्‍यो वा बैज्ञानीक आचारणको पालना गरी यस्तो भ्रमका समाचार किन र कसले फैलायो र बास्तविक कुरा के हो प्रस्ट पर्नु पर्‍यो ।

यस्तो सुसुप्त अवस्थामा रहेको हनुशन्धानलाई नेपाली पत्रिकाले आतिरन्जित गरी कोरोनाको औषधीनै बनेको भनि समाचार सम्प्रेशण गर्नाले यसको विश्वसनीयतामा शंका उब्जिएको छ । डा. दासले अन्तर्वार्तामा आफुले विश्व स्वास्थ्य संगठनको कोन्फरेन्समा अरु देशका बैज्ञानीक सँगै भाग लिएको तर ब्यक्तिगत रूपमा यस संस्थाले आफुलाई सम्पर्क नगरेको बताएका छन् । यो समाचारले आम मानिसमा उत्साह जगाउनुको सट्टा अविश्वास, धोका र भ्रम सृजना गरेको छ ।

समाचार छाप्नु पर्दा श्रोत उधृत गर्नु पर्ने हुन्छ, कुन संस्था वा व्यक्तिबाट सो समाचार प्राप्त भएको हो, त्यो संस्था वा व्यक्ति अधिकारिक हो होईन प्रमाणित गर्नु पर्दछ । द न्यु योर्क टाइम्स, द जापान टाइम्स, वाल स्ट्रीट जर्नल, इन्डिया टुडे जस्ता बिश्व प्रख्यात पत्रीकाहरु सदैव समाचारको श्रोत प्रमाणित गरेर मात्र प्रकाशित गर्दछन्, प्रकाशित समाचार गलत भए तुरुन्त सच्याई पुन प्रकाशित गर्दछन तर नेपाली पत्रकारहरुले समाचार सम्प्रेसण गर्नु पूर्व यसको बैधानिकता प्रमाणित गर्न जमर्को नगरेको पाइन्छ । अझ उदेकलाग्दो कुरा त, यस्तो सम्बेदनशील समाचार प्रकाशिता हुँदा पनि नेपाल हेल्थ रिसर्च काउन्सिल्, नेपाल मेडिकल काउन्सिल, विश्व विद्यालय, विभिन्न बैज्ञानिक समाज कसैले पनि यो समाचार को खण्डन गरेको पाइएन । जिम्मेवार निकायनै मौन बस्दा आम मानिस मा झनै अलमल थपिएको छ ।

यी निकायहरुले डा. दासलाई बोलाइ उहाँले के को आधारमा कोरोनाको औषधी बनाएको दाबी गर्नु भयो, किन गर्नु भयो भन्ने प्रश्न गर्नु पर्ने होइन र ? यथेस्ट प्रमाण पेश गर्ने न सके उहाँलाई कारबाही गर्न पनि पछि पर्नु हुँदैन । अन्यथा वैज्ञानीक जगतमा आनुशन्धान नै नगरि झुठो र भ्रामक समाचार सम्प्रेशण गरि ठालु भन्ने प्रबृती विकास न होला भन्न सकिन्न ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

र्भखरै

अख्तियारले ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि 'स्टिङ अप्रेसन' गर्न नपाउने भएको छ। आयोगले स्टिङ अप्रेसन गर्न नहुने माग गर्दै दिइएको निवेदनमा...
spot_img

छुटाउनुभयो कि ?