आत्महत्याबाट जोगाउन योग

धेरै पढिएको

  • मीना श्रेष्ठ

विश्व यतिबेला करोनाको महामारीले आतंकित छ । मृत्यु हुनेको संख्या र संक्रमितको संख्या दिनहु बढिरहेको छ । कोरोनाले मृत्युसँगै जीवन बाच्न गरिने संघर्षमा भय थपिदिएको छ । यो भयको आतंक धेरै प्रकारको छरिदिएको छ । निम्न वर्गका नागरिकमा जीवन बाँच्न कसरी भन्ने धौ धौको त्रास छ भने उच्च घराना र ब्यवसायीहरुमा आफ्नो व्यवसाय चौपट्टै भएको तनाव छ । कतिपय ब्यवसाय त निकै लामो समय सम्म पनि उठ्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा जीवनदेखि निराश भएर आत्महत्या गर्ने क्रम पनि बढ्दोछ । नेपाल मा मात्र १२०० भन्दा बढीले यो लकडाउन अवधी मा आत्महत्या गरिसकेका छन् ।

आत्महत्या नै समाधानको उपाय होइन तर पनि जीवन देखि पराजित ठाने पछि आफुलाई आफैले हत्या गरेर समाधान खोजिरहेको छन् ।

सबै मानिसमा कुनै न कुनै किसिमको तनाव हुन्छ नै कतिपय कुरा हामीले शेयर गरेका हुन्छन तर सुन्नेले गहिरिएर सोचिदिन्नन् । कतिपय भित्री समस्या वा पीडा हुन्छ जसलाई शेयर गर्न मन लाग्दैन । वा कतिपय कुरा शेयर गर्न चाहेर पनि गर्न सक्दैनन् वा चाहन्नन् । भन्नेले कायरले मात्रै आत्महत्या गर्छन् भन्छन् यो कुरा चाहिँ मान्दिन । मान्छेको दिमागमा नानाथरी कुराहरू आइरहेको हुन्छ । अनि कुन मुडमा आउँदा एकैछिनको सोचले यस्तो कदम चाल्छ तर यस्तै कारणले हो भनेर भन्नै सकिन्न ।

मानिसले आफ्ना पिडाहरु आफ्ना नजीकका हरु संग सेयर गर्न पर्छ तर सबैभन्दा नजिक सोच्नेहरूले पनि शेयर गरेको गरेको मन नपराउने पनि हुनसक्छ । हरेक व्यक्तिको बेग्लाबेग्लै रसायन हुन्छ ,साथै समस्या र पीडाका कारण पनि बेग्लाबेग्लै हुन्छन् ।एउटै कारणले हो भन्न सकिन्न र यस्तै हो भनेर ठोकुवा पनि गर्न पनि सकिन्न । कोही डिप्रेसनमा छ भने लुकाउनु पर्ने आवश्यक छैन । प्रेसर सुगर क्यान्सर जस्तै हो यो पनि । जसलाई मनोपरामर्श र औषधिबाट निको हुन्छ । नजिकैको कसैसँग पनि शेयर गर्न नसके पनि मनोचिकित्सकसँग त गर्न सकिन्छ, लाजमर्दो कुरा होइन डिप्रेसन । यसलाई इज्जत र प्रतिष्ठाको हिसाबले सोच्न पनि हुन्न ।

प्रायः जसो मान्छेले जीवनको कुनै न कुनै मोडमा आत्महत्या गरौँ भन्ने त सोचेकै हुन्छ होला । भलै कारण र समस्या वा पीडा बेग्लाबेग्लै होलान् । तर मर्नु नै विकल्प हो त रु आफू मरेपछि बाँचेकाले भोग्नुपर्ने पीडा माथि कानुनी झन्झट अनि समाजले उनीहरू प्रति राख्ने धारणा आदिका बारेमा सोचेर एकैछिन् मनमस्तिष्कमा उठ्ने सोचलाई उच्च मनोवलले जित्न सके रोकिन्छ पनि । तर डिप्रेसनमा गइसके पछि भने जोखिम पनि बढ्दै जान्छ । त्यसका लागि संकोच नमानी मनोचिकित्सकसँग परामर्श लिनु पर्छ । परिवारले पनि गम्भीरतापूर्वक लिनु पर्छ । यो पनि सुगर प्रेसरजस्तै रोग हो परामर्श र औषघि सेवन गरे निको हुन्छ भनेर सोच्नु पर्छ १ अनि मनका पीडा र चिन्तालाई शेयर गर्नुपर्छ वार्ता गर्नु पर्छ र भित्री पीडा के हो रु त्यसलाई घरपरिवार वा साथी वा चिकित्सक मिलेर बुझिदिनु पर्छ र समाधानका लागि पहल गरिदिनु पर्छ । नत्र डिप्रेसनमा भएको कुरा शेयर नगरी मन मनमा राखेको खण्डमा घरपरिवारलाई अनि साथीभाइहरूलाई पनि थाहा हुन्छ कसरी रु

आफ्नो मनलाई आफैँले सम्हालेर मनलाई दह्रो बनाउन सकेको खण्डमा पनि आत्महत्या रोकिन सक्छ । तर विश्वका जोसुकैले आत्महत्या गरे तापनि यस्तो समाचारले हामी मानवलाई दुख्नु स्वभाविक कुरा हो ।

हाम्रो समाजमा डिप्रेशनमा पर्नेलाई परामर्श वा साथ दिनुको साटो ‘मेन्टल’ वा पागल भनेर संज्ञा दिनेगर्छन् । फलाना त मेन्टल भएछ नि वा पागल भएछ नि भन्छन्। सायद यसै कारण लुकाएको हुन्छन् ,त्यसैकारण यस्तो परिणाम हुन्छ।

डिप्रेसन एन्जाइटी बाट मुक्त हुन योग र ध्यान बाट बच्न सकिन्छ । नियमित रूपमा बिहानै सबेरै पहिलो चरणमा योग र योग सके पछि ध्यानमा आफुलाइ एकाग्र गराउन सकिन्छ । यो योग र ध्यान सुरु गर्दा एक्लै गर्न असहज हुन सक्छ केही दिन गुरुको सामिप्यतामा रहेर र केही समय पछि आफू रहने स्थानमा नै गर्न सकिन्छ । योग ध्यान सिक्नको निमित्त संसारको धेरै देशमा सिकाइरहेको अन्तर्राष्ट्रिय ओशो कम्युन तपोबन हाम्रो देशमा केन्द्रीय कार्यालयको रूपमा रहेको छ । यस धार्मिक संस्था अन्तर्गत नेपाल भित्र १०३ वटा आस्रम, कम्युन ,ध्यान सेन्टर हरु छन् र ९७००० भन्दा बढी ओशो ध्यान साधक सन्यासिहरु छन् ,वहाँ हरु बाट योग र ध्यानको लाभ लिन सकिनेछ ।

ओशोका अनुसार ध्यान कुनै वस्तुप्रतिको एकाग्रता नभई आफैँमा विश्राम पाउने प्रक्रिया हो । यसमा प्राणायाम, श्वासप्रश्वासको अभ्यास आदि क्रियाकलाप गरिन्छ । अस्तव्यस्त जीवनशैलीका कारण हुने तनाव र डर हटाएर मनमा शान्ति ल्याउन, मस्तिष्कलाई एकाग्र गरेर तनाव व्यवस्थापन गर्न, सकारात्मक सोचको विकास गर्न, शरीरमा ऊर्जा ल्याउन, शारीरिक तन्दुरुस्ती आदिका लागि आजको समयमा ध्यान आवश्यक छ ।

आधुनिक ध्यान विधि
ध्यान विभिन्न तरिकाले गर्ने गरिन्छ । आफ्नो अवस्था र परिस्थितिअनुसार ध्यानका तरिका अपनाउन सकिन्छ । सामान्यतया, ध्यान भन्नेबित्तिकै आसनमा बसेर लामो समयसम्म शान्त बस्ने भन्ने बुझिन्छ, तर ध्यान आफू वरपरको वातावरण अनुसार जुनसुकै समय र ठाउँमा पनि गर्न सकिन्छ । तनाव व्यवस्थापन, सामान्य मौन ध्यान रूपान्तरण हुँदै विपश्यना ध्यान गर्न सकिन्छ ।

नो माइन्ड मेडिटेसन
ध्यान गर्नका लागि सुरुवातमा तनाव व्यवस्थापन आवश्यक हुन्छ । यो एक किसिमको थेरापी पनि हो । सुरुमा समूहमा बसेर ध्यान गर्नु प्रभावकारी हुन्छ । यसो गर्दा तनावका कारण हुने स्वास्थ्य समस्याहरु एन्जाइटी, सुरुवाती चरणमा रहेको डिप्रेसन, एकाग्रता नहुने, अनिद्रा लगायत रोग निको पार्न सकिन्छ ।

तसर्थ योग र ध्यान नियमित गरौ आफू भित्रको तनाव लाई व्यवस्थापन गरौं । तनाव बिनाको त यो जगतमा को पो होला र ? तनाव लाई कति सम्म ग्रहण गर्ने कति सम्म बेवास्ता गर्ने यति मात्र फरक हो, जति बाँचिन्छ जीवन पीडाबाट मुक्त भएर उन्मुक्त हासो हास्दै रम्नु पर्छ । मृत्यु लाई पन्छाए सुन्दर जीवन बाच्नुपर्छ । खुशी मनले हेर्दा संसार सबै तिर उज्यालो र स्वर्ग छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?