Thursday, April 22, 2021

नागरिकता बहसमा उठेका ५ जिज्ञासाका जवाफ

धेरै पढिएको

  • अर्जुन आचार्य

विदेशी महिलालाई ७ वर्षमा अंगीकृत नागरिकता दिने कुरा सही छ । तर, धेरै मधेसका बुद्धिजीविहरुले उठाएको एक–एक जवाफ भने दिनु आवश्यक छ । पहिलो कुरा त अंगीकृतको सवालमा भारतले अंगालेको कुरा यहाँ अंगाल्दा कुनै आकाश खस्ने होइन । बरु नेपाली चेलीहरु विवाह गरेर भारत गएपछि त्यहाँ भएका अनेक हिंसा व्यहोर्नु परेको घटना कम गराउन भारततिरै दबाब दिनु आवश्यक छ ।

मधेसका साथीहरुले उठाएको प्रश्नको जवाफ यसरी दिन सकिन्छ ।

प्रश्न नं. १ कुनै विदेशी महिलाले नेपालीसँग विवाह गरेको १ वर्ष सम्भवतः बच्चा जन्मियो उसको छोराछोरी जन्म दर्ता पाउने कि नपाउने ?
उत्तरः जन्म दर्ता पाउने । बुबाको नागरिकताको आधारमा बुबाको नाम र विवाह प्रमाणपत्रको आधारमा आमाको नाम उल्लेख गर्ने ।

प्रश्न नं. २. प्रशानिक पदमा लोकसेवा परीक्षा दिन पाउने कि नपाउने ?
उत्तरः लोकसेवा पदमा परीक्षा दिन पाउने । तर, ७ वर्ष पर्खने । ७ वर्षै नपर्खिकन श्रीमतीलाई जागिर खुवाउँछु जस्तो लाग्छ भने २० वर्षमा विवाह गर्ने र २७ वर्षदेखि ३५ वर्षसम्म लोकसेवा भिडाउने । २० वर्षमै लोकसेवा भिडाउने हो भने नेपाली नै विवाह गर्ने । विदेशी भनेको विदेशी हो । केही शर्त पालना गर्नै पर्छ ।

प्रश्न नं. ३ बीचैमा पतिको मृत्यु भयो भने सम्पत्ति पाउने कि नपाउने ?
उत्तरः सम्पत्ति पाउने । विवाह दर्ताको आधारमा ।

प्रश्न नं. ४. विदेश जानु पर्‍यो भयो भने पासपोर्ट बनाउन पाउने कि नपाउने ?
उत्तरः पाउने । जुन देशको नागरिक हो उही देशबाट पासपोर्ट, नागरिकता बनाए भयो । नत्र ७ वर्षपछि बनाउने ।

प्रश्न नं. ५. चुनावमा भाग लिन पाउने कि नपाउने ?
उत्तरः चुनावमा भाग लिन पाउने । तर, ७ वर्षपछि मात्रै । सुरुकै दिनदेखि पाउनुपर्छ भन्ने हो भने जुन देशको नागरिक हो त्यहीं गएर भोट हाल्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु

काठमाडौँ- भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी...
spot_img

छुटाउनुभयो कि ?