बोलिभिया सिनेटका अध्यक्षमा कोरोना भाइरस पोजेटिभ

लोकप्रिय

बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताउनु भएको छ । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गर्नु भएको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो ।

विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने उहाँले बताउनु भएको छ । ‘मेरो अवस्था स्थिर छ, र म आफ्ना कर्तव्यहरू पूरा गर्छु , अलग्गै बसेर नैं काम गर्ने छ,’ कोपाले शुक्रबार अबेर राति गर्नु भएको आफ्नो ट्विटर पृष्ठमा लेख्नु भएको छ । ,

जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांककाअनुसार विश्वमा १ करोड २६ लाख भन्दा बढी मानिसहरूलाई कोरोनाभाइरस संक्रमित भइसकेको छ । त्यसैगरी ५ लाख ६३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी यस मुलुक बोलिभियामा हालसम्म ४५ हजार भन्दा धेरै कोभिड १९ संक्रमित देखिसकेका छन् । यो देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ७०२ भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभरी कोरोना भाइरस कहर बढ्ने क्रमसँगै कयौं प्रतिष्ठित हस्तीहरु यस भाइरसको चपेटामा आइरहेका छन् । यसबीच बोलिभियाकी अन्तरिम राष्ट्रपति जिनिन आनेजको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो । उहाँले शुक्रबार आफैले यसको जानकारी दिनु भएको थियो ।

यसअघि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपी सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ । जोनसनलाई मार्चमा केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •