Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

भूमि आयोगको कार्यालय स्थापना

सिमकोट- भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना...
Spread the love

क्यानाडामा कोभिड–१९ सङ्क्रमितमध्ये धेरै युवाहरू

Spread the love

क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

“हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययन अनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४.४ प्रतिशत र १३.८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा सङ्क्रमण दर धेरै रहेको बताइएको छ ।

युवा क्यानाडियालीहरू कोरोनाभाइरसको सङ्क्रमणबाट अजेय छैनन् । सङ्क्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् ।

गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्ट अनुसार ३९ वर्षमूनिका ६३ प्रतिशत सङ्क्रमितमध्ये एक तिहाईलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेको थियो ।

गत हप्ता क्यानडामा दैनिक औषत ४८७ नयाँ कोभिड–१९ सङ्क्रमित विरामी भेटिएका थिए ।

क्यानाडाले लकडाउन सम्बन्धित प्रतिबन्धात्मक व्यवस्था हटाउने घोषणा गर्ने क्रममा तामले नागरिकहरूलाई सतर्क हुन, सामाजिक दूरी र स्वच्छताका उपायहरू अवलम्वन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “खोपको अभावमा कोभिड–१९को सामना गरी बाँच्नु जोखिमको कुरा हो ।”
पछिल्लो तथ्याङ्क अनुसार क्यानडामा एक लाख १३ हजार ८०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९०० जनाको सङ्क्रमणपछि मृत्यु भएको छ ।

क्यानाडामा सार्वजनिक स्वास्थ्यलाई लिएर दिइने दिशा निर्देशको व्यापक सम्मान गरिन्छ । यद्यपि क्यानाडाको क्युबेक शहर, जसलाई मास्क लगाउन अनिवार्य गरिएको छ, मा मास्क लगाउने आह्वानको विरोधमा सयौँ व्यक्तिले प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

भूमि आयोगको कार्यालय स्थापना

सिमकोट- भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार...

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौँ- कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।...

सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

काठमाडौँ- बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ...

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौँ- सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

थप समाचार शीर्षक

  •  
  •  
  •