काठमाडौं– भिमेश्वर नगरपालिका दोलखाका सल्लाहकार सकुना श्रेष्ठले जन्मदिनको अवसरमा बृद्धबृद्धालाई सहयोग गर्नुभएको छ ।
श्रेष्ठले भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित नेगल, स्वाक्लो, फुलपा, दुङ्गल, गणेशटोल, बाहार, तिखातल, मनटोपर, तल्लोटोल, सिङवनका १०४ उमेर सम्मका २३ जना जेष्ठ नागरिकहरुलाई अभयपुर टोल विकास समिति दोलखाको सहकार्यमा पोषणयुक्त खाना वितरण वितरण गर्नुभयो ।
कार्यक्रममा टोल विकास समितिका सल्लाहकार मोहन श्रेष्ठ, अमित श्रेष्ठ, उपाध्यक्ष दिपक मास्के, सचिव अमित श्रेष्ठ राम बहादुरको सहभागिता रहेको थियो ।